• उर्लाबारी । सेल्फीका कारण मानिसमा मानवीय संवेदना घट्दै गएको पाइएको छ । मानिसहरू लाससँग सेल्फी लिइरहेका छन्, घटना बाहिर नआएको होईन् । प्रविधिले नै मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाउँदै लगेको छ । यसको प्रयोगले अशोभनीय र मानिसको संवेदनालाई कम गर्दै लगेको पाइन्छ । सेल्फी कै कारण उर्लाबारी—३ का जनप्रतिनीधी वडा सदस्य सोमप्रसाद तिम्सिनाको निक्कै आलोचना भएको छ । उर्लावारी–२का हेमचन्द्र थापाको घरमा मंगलबार विहान ९ः३० बजे आगलागी हुदा १५ लाख बराबरको क्षति भएको थियो । आगलागीको समयमा जनप्रतिनिधिहरू आगो निभाउन व्यस्त भइरहदा नेपाली कांग्रेसबाट वडा नम्बर–३ का वडा सदस्य भएका सोमप्रसाद तिम्सिना राम भने सेल्फी हान्न ब्यस्त भए ।

    र उनको निक्कै आलोचना भयो मानविय विपत्तिको बेला तिम्सिनाले आफ्नो फेसबुकमा पोष्ट गरको सेल्फीको आलोचना भएको हो । स्थानियवासीले आगो निभाउनुको सट्टा सेल्फीमा व्यस्त भएको भन्दै उनले फेसबुकमा पोष्ट गरेको तस्बिरमा निक्कै नराम्रा टिकाटिप्पडी भए ।
    जनप्रतिनिधिले मानविय विपत्तिमा सहयोग गर्नुपर्ने कि सेल्फी लिनुपर्ने हो, त्यति पनि हेक्का राख्न नसक्ने कस्तो जनप्रतिनिधी भनेर उनको व्यवहारका कारण सामाजिक संजालमा उनको आलोचना भइरहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…