• पथरी, १० माघ

    मोरङको पथरीशनिश्चरेको शिक्षा क्षेत्रको सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिका कार्यालयले समिति निर्माण गरी योजना तर्जुमा गर्न जिम्मा लगाएको छ ।

    नगर कार्यपालिकाको पछिल्लो निर्णयबाट नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा गठित नगर शैक्षिक व्यवस्थापन समितिको वैठकले शिक्षा नियमावली मस्यौदा सहितका योजनाका लागि उपसमिति गठन गरेको छ ।

    माध्यामिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएपछि स्रोत व्यक्ति गणेश दहाल तथा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र टिकाप्रसाद दंगाल रहेको शिक्षा नियमावली मस्यौदा उपसमिति बनाएको हो ।

    नियमावली वनाउने पूर्व तयारी स्वरुप राय सुझाव लिनका लागि फागुन ४ गते संस्थागत र ७ गते सामुदायिक विद्यालयतर्फका व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ । जसले नगरको शैक्षिक सुधार र शैक्षिक एकरुपता कायम गर्ने कुरामा समेत जोड दिने नगर प्रमुख एवम् शैक्षिक व्यवस्थापन समिति अध्यक्ष दिलिपकुमार राईले जनाउनु भयो ।

    यसैगरी, वैठकले नगरका विद्यालयमा कक्षा थप अनुमतिको प्रक्रियाका लागि यो वर्ष १ र ९ वाहेकका कक्षाका लागि माघ मसान्तसम्म आवेदन लिने र फागुन अन्तिममा विद्यालय अनुगमन गरिने निर्णय समेत गरेको छ ।

    आउनै लागेको कक्षा ८ को परीक्षा सञ्चालनका लागि नगर प्रमुख राईको संयोजकत्वमा ५ सदस्यीय उपसमिति चयन भएको छ । जसमा, स्रोत व्यक्ति गणेश दहाल, विद्यालय निरीक्षक दुर्गाप्रसाद सिग्देल, शिक्षक पदम सापकोटा र उपेन्द्र कंडेल रहनु भएको छ । सो उपसमितिले प्रश्नपत्र तयारीदेखि नतिजा सार्वजनिक गर्नेसम्मको कामका लागि विज्ञहरुको समिति निर्माण गर्ने जिम्मेवारी पाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…