• मोरङ । स्थानीय निकायमा जनप्रतिनिहिरु निर्बाचित भएपछि जनतामा एक किसिमको आशाको किरण छायो । उनीहरुको अपेक्षा पनि बढयो । लामो समयसम्म जनप्रतिनिधिबिहिन भएको स्थानीय निकायको निर्बाचन र सिंहदरबार गाँउमा नै आउने भएपछि जनताको आशा बढनु स्वभाविक पनि हो । तर पछिल्लो समय प्रदेश नम्बर १ का सबैभन्दा ठुला मानिएका महानगर र उपमहानगर मध्ये सुनसरीको ईटहरी,धरान उपमहानरपालिका र मोरङको बिराटनगर महानगरपालिकाका मेयरको कार्यशैलीप्रति नगरबासीहरु रुष्ट भएका छन । उनीहरुको क्रियाकलापले नगरबासीहरुलाई हैरानी दिएको छ । उनीहरु आफनो काम बिधिसम्मत भएको बताएपनि नगरबासीहरुले त्यो काम नियमबिपरित भएको दाबी गरिरहेका छन ।

    किन बन्दैछन धरानका मेयर बिवादित


    ७८ लाख रुपैयाँमा नयाँ गाडी किन्ने प्रसंगपछि आलोचित धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले आफूले विधिपूर्वक र आवश्यकताका कारणले गाडी किन्न लागेको दाबी गरिरहँदा नगरबासी मात्र होईन,उनकै पार्टीले समेत उनको त्यो शैलीको बिरोध गरिरहेका छन ।

    उनले अहिले धरानमा सञ्चालित एसियाली विकास बैंकको खानेपानी परियोजनाको गाडी प्रयोग गर्दै आएका छन । सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मेयरले विलासी गाडी किन्न लागेको भन्दै चर्को आलोचना भएको छ । धरानको नगर परिषदबाट स्वीकृत कार्यक्रम अन्तर्गत नै आफूले नयाँ गाडी किनेको उनको दाबी छ ।
    धरान उपमहानगरपालिकालाई काममा समस्या भएको मेयर सुब्बा बताउँछन । नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतका लागि गाडी व्यवस्थापन गर्न समस्या परेको उनको भनाइ छ ।

    ईटहरीमा सिएफएल काण्ड


    सुनसरीको ईटहरी उपमहानगरपालिकामा नगरबासीहरु मेयरको कार्यशैलीप्रति रुष्ट मात्र छैनन । चरणबद्ध आन्दोलन नै गरिरहेका छन । मेयर निर्बाचित द्धारिकालाल चौधरी पटक पटक बिवादित मात्र बनेनन,उनलाई यपमहानगरपालिकाले खरिद गरेको सिएफएल काण्डमा कमिसन खाएको गम्भिर आरोप समेत लागेको छ ।
    अख्तियारमै उजुरी परेपछि उनी छानबिनको दायरामा समेत परेका छन । बिना टेण्डर सिएफएल खरिद र जडानमा लाखौ कमिसन खाएको आरोप लागेपछि चौधरी बिरुद्ध ईटहरीबासी खनिएका छन । युवाहरुले उनीबिरुद्ध आन्दोलन नै छेडिरहेका छन ।

    विराटनगरका मेयरको कार्यशैली प्रति सबै रुष्ट


    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यशैली एकपक्षीय र निरंकुश बन्दै गएपछि महानगरपालिका भित्र भाडभैलो सुरु भएको छ । कांग्रेस समर्थक केही वडाअध्यक्षहरुले मेयर पराजुलीको कार्यशैली प्रति असन्तुष्टी जनाउदै वोर्ड वैठक समेत बहिस्कार गर्ने धम्की दिएका छन । ७ महिने कार्यकाल वित्न नपाउदै मेयर पराजुली विवादमा मुछिएका छन । अवको दिनमा उनलाई काम गर्न चूनौती देखिएको छ ।

    आफूलाई निश्कलंक भएको जनतामाझ गलत प्रचार गर्दै हिडेका मेयर पराजुलीले सहरी सघन विकास आयोजनाबाट लाखौ रुपैया कमिसन लिएको उनीहरुले पोल खोले । तर कति लिए त्यो यकिन खोज्दैछौ एक अध्यक्षले भने , सत्य तथ्य आएपछि हामी पत्रकार सम्मेलननै गरि पर्दाफास गर्नेछौ । प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा अध्यक्षहरुलाई वेज्जती गरेकोले सपथ ग्रहण कार्यक्रम वहिस्कार गरेको उनीहरुले बताए ।पुर्वेली न्यूज डटकममा समाचार छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…