• काठमाडौं, माघ ६ ।  नवनियुक्त प्रदेशप्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई हिजो पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
    त्यस लगत्तै निर्वाचन आयोगले उनीहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रदेशप्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन हिजै राजपत्रमा प्रकाशित गर्न पठाएको छ ।

    प्रतिवेदन बुझेलगत्तै तत् प्रदेशका प्रमुखहरु आ–आफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका हुन् । आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानुनी बाध्यताका कारण प्रदेशप्रमुखहरु उक्त तयारीमा लागेका हुन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…