काठमाडौं । सरकारले केहि महिनाअघि सरकारमा फेरबदल गर्यो । एकाएक गरिएको फेरबदलको जानकारी कतिपय मन्त्रीहरुले जानकारी समेत नपाएको गुनासो गरेका थिए । यस्तै कतिपय मन्त्रीहरु चित्त दुखाउँदै कुर्सीबाट बाहिरिए । सरकारले नयाँ मन्त्रिमण्डलमा नयाँलाई ल्यायो ।
तर, अहिले सरकारको आँखा तिनै हटाइएका मन्त्रिहरुमा परेको छ । सरकारले अहिले ती मन्त्रिहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । प्रतिनिधि सभाअन्तर्गतका समितिमा सदस्यहरू हेरफेर र थपघट गर्दै सरकारले उनीहरुलाई पनि जिम्मेवारी दिएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटोले ती समितिहरूमा हेरफेर र थपघट हुने नामहरू सभाबाट सहमतिले पास गराएका छन् ।
आजको प्रतिनिध सभा बैठकका सदस्यहरूले कार्यव्यवस्था परामर्श समितिमा रामेश्वर रायको ठाउँमा प्रभु साहको नाम सहमितले पास गरेका छन् । प्रतिनिधिसभा नियमावली ०७५ को नियम १३ को उपनियम १ बमोजिम उक्त समिति गठन भएको हो ।
यस्तै प्रतिनिधि सभा नियमावली ०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यहरू थप तथा हेरफेर भएका छन् । सभामुख सापकोटाले प्रस्ताव गरेको गोकर्ण विष्ट अर्थ समितिमा ल्याउने प्रस्तावलाई बैठकमा सदस्यहरूले सहमति जनाएका छन् ।
यस्तै शिवमाया तुम्बाहाम्फे उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, मातृका यादव कानून, न्याय तथा मानव अधिकार समिति, रामकुमारी चौधरी कानुन, न्याय तथा मानव अधिकार समिति, थममाया महिला तथा सामाजिक समिति, लालबाबु राज्य व्यवस्था तथा सुशासन समिति, विद्या भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिको जिम्मेवारी दिइने भएको छ ।
यस्तै चक्रपाडी खनाल सार्वजनिक लेखा समिति, रघुवीर सार्वजनिक लेखा समिति, धनबहादुर बूढा सार्वजनिक लेखा समिति, पदम गिरी कानून न्याय तथा मानव अधिकार समितिबाट अर्थ समितिमा, मायादेवि न्यौपाने कानून, न्याय तथा मानव अधिकार समितिबाट उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा पास भएका हुन् ।