• वुहान, १७ माघ । कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।

    वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पुरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् ।

    यसैबी बिहीबार वुहानको खुला सडकमा एक जना व्यक्तिको शव भेटिएको छ। कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानको एउटा सडकमा एउटा हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको हो। कोरोना भाइरसको संक्रमण फैलिनुभन्दा पहिले भीडभाड हुने सडकमा ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन्।


    कोरोनाबाट २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा
    बिहीबार सबैभन्दा पहिले पत्रकारहरुले ती व्यक्तिको शव देखे। केही समयपछि शरीर पुरै छोपिने ‘प्रोटेक्टिभ्स सुट’ लगाएर प्रहरी र स्वास्थ्यकर्मीको टोली पुग्यो। उनीहरुको नीलो ब्ल्याङ्केटले ती व्यक्तिको शव ढाके। उनीहरुले सुपरमार्केटबाट कार्टुन बक्स ल्याएर शव छोपे।

    केही समयपछि एउटा सेतो भ्यान आएर पहेँलो ‘सर्जिकल ब्याग’मा शव उठाएर लगेको थियो। उनको शव रहेको ठाउँमा फोरेन्सिक टिमले केही स्प्रे छर्यो। कर्मचारीले सडक सफा गरे।

    एएफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही पुष्टि नभएको बताएको छ। उनी झन्डै ६० वर्षका देखिने एएफपीले जनाएको छ। शवको नजिकै उभिएकी एक महिलाले ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्ने बताइन्। ‘डरलाग्दो अवस्था छ। हिजोआज थुपै मान्छे मरिरहेका छन्,’ उनले भनिन्।

    कहाँ कति संक्रमित ?
    चीन ( २१३ मृत्यु, ९६९२ संक्रमित
    थाइल्यान्ड ( १४ जना संक्रमित
    हङकङ ( १२ जना संक्रमित
    जापान ( ११ जना संक्रमित
    सिंगापुर ( १० जना संक्रमित
    अस्ट्रेलिया, ताइवान ( ९र९ जना संक्रमित
    मलेसिया, मकाओ ( ७र७ जना संक्रमित
    अमेरिका, फ्रान्स, दक्षिण कोरिया ( ६र६ जना संक्रमित
    जर्मनी, यूएई ( ४र४ जना संक्रमित
    भियतनाम, क्यानडा इटाली ( २र२ जना संक्रमित
    नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स, भारत ( १र१ जना संक्रमित

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…