• काठमाडौँ । तारेभिर क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा राख्ने अभियान शुरु भएकामा अध्यक्ष दाहालले खुशी व्यक्त गर्नुभयो ।

    “राष्ट्रिय झण्डालाई सम्मान गरेर राष्ट्रिय एकता र राष्ट्रियताको जर्गेनामा तारेभिरवासी लाग्नुभएकोमा म उत्साहित भएको छु, यसलाई अझ विस्तार गरेर लैजान म सबैलाई आग्रह गर्दछु”– उहाँले भन्नुभयो ।

    तारेभिरमा झण्डा उद्यानका रुपमा विकास गर्ने अभियान शुरु गरिएको प्रदेशसभा सदस्य तथा नेकपा(एमाले)का नेता रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

    काठमाडौँमा नै भएर पनि बत्ती मुनिको अध्यारोका रुपमा रहेको तारेभिर विकास र समृद्धिको मार्गमा अगाडि बढेको तथा सम्भावनाका आधार तयार भएको बताउँदै उहाँले आगामी दिनमा काठमाडौँको ग्रामीण क्षेत्र विकास, निर्माण तथा समृद्धिको मार्ग अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेकपा(माओवादी केन्द्र)का नेता कृष्ण केसीले पर्यटकीय नगरीका रुपमा रहेको तारेभिरको विकासका लागि प्रमुख राजनीतिक दलको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । महोत्सव मंगलबारसम्म चल्नेछ ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …