• सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी कमिटीमा पेश गर्नका लागि ५ वटा कार्यसूची तयार तयार गरेको छ ।

    आ इतवार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीमा पेश गर्नका लागि ५ वटा कार्यसूची तयार गरिएको जानकारी दिए ।

     

    'अध्यक्षद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनका बारेमा दुवै अध्यक्षले परामर्श गरेर प्रस्तुत गर्नुभएको छ,' श्रेष्ठले भने, 'दोस्रो कार्यसूचीका रूपमा विधान संशोधन रहेको छ, तेस्रो नेपाल-भारत सीमा समस्या, चौथो केन्द्रीय कमिटीको बैठक र पाँचौंमा विविध रहेको छ ।'

    नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि आज दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ ।

     

    सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि केहीमय सहभागी भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    'बैठकमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पनि केही समय उपस्थित हुनुहुन्थ्यो,' बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता श्रेष्ठले भने, 'कमरेड अध्यक्षले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराउनुभयो ।'

    प्रवक्ता श्रेष्ठले थपे– 'उहाँले आफ्नो स्वास्थ्य स्थिति अत्यन्तै राम्रोसँग तीव्ररूपमा सुधार भइरहेको जानकारी गराउनुभयो । बैठकले तीव्ररूपमा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्‍यो ।'

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…