• काठमाडौँ, पुस २७ गते । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइएसँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो ।

    विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो ।
    राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ ।
    ‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …