• भक्तपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पछाडि पार्दै नेपाली कांग्रेस भक्तपुर जिल्लामा जितको नजिक पुगेको छ ।

    प्रदेश सभातर्फ क्षेत्र नम्बर १ ‘क’मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल २३७७ मतले अगाडि रहेका छन् ।

    बिहान साढे दश बजे मतगणनास्थलमा निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका भँडेलले १३ हजार ७१ मत पाएका छन् । भँडेल जितको नजिक पुगेको नेपाल तरुण दल भक्तपुरका नेता राजु पुरीले जानकारी दिए ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशतर्फका उम्मेदवार डीपी सुवेदीले १० हजार ६ सय ९४ मत पाएका छन् ।

    १ देखि १ देखि ९ वडासम्मको मतगणना भइसकेको छ । अब केही बुथको मतगणना गर्न बाँकी रहेको छ ।

    मतगणनास्थलमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले जित सुनिश्चित भएको भन्दै भँडेलको पक्षमा नारावाजी गर्न थालेका छन् ।

    भक्तपुरको बालकोटमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको घर छ । नेकपाले भक्तपुर गुमाउन परेपछि नेता तथा कार्यकर्ताहरू मलिन भएर घर फर्किन थालेका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…