• काठमाडौँ, २४ पुस । नेपाल विद्यार्थी संघले संविधानबमोजिम सबै नियमित विद्यार्थीमा निःशुल्क स्वास्थ्य बीमा अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

    नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यस्था गर्न माग गरेको हो ।

    यस्तै संविधानको भाग ३ को धारा ३३ अनुसार युवा बेरोजगारीलाई बेरोजगार भत्ता दिनुपर्ने, प्राविधिक उच्च शिक्षाको ग्यारेण्टी गर्न एक÷एक मेडिकल कलेज, इञ्जिनयर कलेज, कृषि क्याम्पस तत्काल स्थापना गनुपर्नेमा पनि जोड दिइएको छ ।

    नेविसंघले सबै क्याम्पसमा विद्युतीय पुस्तकालयको व्यवस्था हुनुपर्ने, लाभधाङ्कपत्र धितो राखेर सहुलियत ऋण लिन पाउनुपर्ने, प्रत्येक वडामा दुई÷दुईवटा बालविकास केन्द्र स्थापना गर्नुपर्ने, निर्वाचनमा घाइते भएका नेविसंघ केन्द्रीय सदस्य मीरा कटुवालको उपचार तथा क्षतिपूर्ति तत्काल व्यवस्था गर्न माग पनि गरेको छ ।

    भेटमा प्रधानमन्त्री देउवाले विद्यार्थीले शिक्षा र स्वास्थ्यको विषयमा राखेको माग जायज भएकाले यसमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेविसंघ सहमहामन्त्री प्रेमप्रसाद जैसीले जानकारी दिए ।

    नेविसंघले आफूहरुले राखेको माग सुनुवाइ नभए हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, धर्ना तथा दबाब ¥यालीलगायतका कार्यक्रम गर्ने जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…