•  काठमाडौं

    बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन्।

    पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन्। २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका समाचार कान्तिपुर दैनिकमा छ।

    आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?

    प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं। जय नेपाल, नमस्कार भनेका छौँ।

    आलम : (गाडीमा हात बजार्दै) हँ...यो जिल्लामा आग (आगो) लाग्छ, आग।

    प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।

    आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस... (उनी आफ्नो मोवाइल फोन हेर्छन्)

    प्रहरी : त्यसो भन्न मिल्दैन हजुर।

    आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म डकैत हुँरु डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले।

    प्रहरी : हैन माननीयज्यू।

    आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ। ...

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…