• धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेदवार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ । वडाको मङलवारे चोकमा तिलकलाई पञ्चेबाजा सहित फूलमाला लगाएर वडाबासीले स्वागत गरेका हुन् । वडाको शान्ति चौक, हङकङ रोड, कल्याण चौक जस्ता टोलमा तिलक मत माग्न घर– घर पुगेका थिए।

    धरानको माटो हुर्केका धराने ढिटो तिलक राईलाई जितकालागि शुभकामनासहित टोलमा स्वागत गरिएको स्थानिय धनसेर राईले बताए । धनसेर राईले तिलकलाई आशिर्वाद समेत दिएका थिए ।

    मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक मेयर पदकालागि उम्मेदवारी दिएका तिलक राईले यस अगाडिको चुनावमा यस्तो स्वागत नपाएको बताए ।

    उनले भने धरानका सबै वडामा भव्य स्वागत पाई रहेको छु । धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क रहेको समेत बताए ।

    उनलाई धरानवासीसंग मत माग्न भ्याइ नभ्याइ छ । धरानलाई बिकाश र निकास दिने असल नेताको धरानमा अभाव खड्किरहदा कांग्रेसका तिलक राई आफु धराने जनतालाई समृद्धि उन्मुख लैजान सारथि बन्न तयार र सक्षम रहेको बताउदै आइरहेका छन ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…