काठमाडौं । राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरेको छ ।
विश्वकप छनोटको होम खेलमा कुवेतसँग खेल्ने टिममा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो ।
चार खेलाडी शुक्रबार राति ठमेलस्थि लाउन्च वारमा गएको भेटिएपछि कारबाही गरेको बताइएको छ । कारबाहीमा परेका विमल सहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने नपाउँने भएका छन् । चारै जना खेलको लागि भुटान जाने तयारीमा थिए ।