• धरान । दिवंगत स्वर्गीय मेयर तारा सुब्बाको श्रीमती इन्दु राई सुब्बाले नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईलाई आशिर्वादसंगै जितको शुभकामना समेत दिएकी छिन । शुक्रबार धरान–१७ स्थित टेम्के मार्गमा रहेको स्वर्गीय सुब्बाको घरमा पुगेर तिलक राईले आशिर्वाद मागेका थिए भने इन्दुले जितको शुभकामना दिइन ।

    मंसिर १४ गते हुने निर्वाचनका लागि घरदैलो कार्यक्रममा ब्यस्त रहेका तिलक राई शुक्रबार अपरान्ह १२ बजे स्वर्गीय तारा सुब्बाको घरमा पुगेका थिए । घरमा सामान्य घरायसी काममा ब्यस्त रहेकी इन्दुले मुस्काउदै स्वागत गर्दै राईको शिरमा हात राखेर आशिर्वादसंगै शुभकामना दिइन ।

    गत २०७४ सालमा सम्पन स्थानीय तहको निर्वाचनमा तारा सुब्बासंग तिलक पराजित भएका थिए । तारा सुब्बाको असामयिक दुःखद निधन पछी धरानमा उपनिर्वाचन हुन लागेका हो । उपनिर्वाचन कांग्रेसकातर्फबाट पुनः तिलक राई उम्मेदवार बन्दा स्वर्गीय मेयर तारा सुब्बाको पत्नि इन्दु नेकपाका उमेदवार प्रकाश राईको प्रस्तावक गरेकी छिन ।

    भेटका क्रममा तिलक राईले इन्दुलाई तारा सुब्बाको योगदानलाई आफु निर्वाचित भए पश्चात नर्बिर्सने बताए । तिलकले तारा सुब्बाको निधनपछि धरान नगरमा भ्रष्टाचार बढेको भन्दै यसको अन्त्य गर्ने बताए । उनिहरु बिच करिब ५ मिनेट संवाद र आशिर्बाद र शुभकाना आदान प्रदान भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…