• काठमाडौँ । नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने नियतले बिहीबार राति पक्राउ गरिएको भन्दै तरुण दलले सो घटनाको निन्दा गरेको छ । तरुण दलले प्रहरीद्वारा आफैँले लगेको हतियार तरुण नेता सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भनी झुटो बहाना बनाई फसाउने र सामाजिक आतङ्क सिर्जना गर्ने नियतले पक्राउ गरिएको आरोप लगाएको छ ।

    अध्यक्ष जीतजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत पक्राउ गरिएका सबै नेता÷कार्यकर्तालाई रिहाइ गर्न, निर्दोषलाई पक्राउ गरी फसाउन झुटा प्रपञ्च रच्ने प्रहरीहरुलाई कारवाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिङ्गरप्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…