•  

    काठमाडौं– नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पारे । काँग्रेसले पार्टी केन्द्रिय कार्यालय असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन सञ्चारकर्मीहरुलाई पनि निमन्त्रणा गरेको छ ।

    नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट सुरु गर्नु भएको चियापान कार्यक्रम दशंैको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ ।

    पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेकपाका कार्यकर्ताले पार्टीका नेता मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास गरेर नवमण्डले प्रवृत्ति देखिएको दावी गर्दै उनीहरुलाई सच्याउन पनि नेकपाका नेतृत्वलाई सचेत गराए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…