• घाँटी रेटेर हत्या गरी खोल्सामा फालिएको अवस्थामा भेटिएका 'यी व्यक्ति को हुन्'

    घाँटी रेटेर हत्या गरी खोल्सामा फालिएको अवस्थामा भेटिएका 'यी व्यक्ति को हुन्'

     

    पर्साको बिन्दबासिनी गाउँपालिका–५ हसवास्थित खोल्सीमा एक व्यक्तिको शव फेला परेको छ।

    घाँटी रेटेर हत्या गरेर फालेजस्तो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। नामथर नखुलेको अन्दाजी २६र२७ वर्ष जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय पाखेरिया पर्साबाट खटिएको प्रहरी टोलीले शव जाँच मुचुल्का उठाएर उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।

    उक्त मृत व्यक्तिलाई चिन्नेहरुले प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेको छ।

    गहुँगोरो वर्ण, ५ फिट ५ इन्च उचाइ, पातलो शरीर लाम्चो अनुहार, चुच्चो नाक, रातो रङको कपडाको जुत्ता लगाएको, रातोमा सेता रङको धर्सा भएको टिसर्ट, निलो रङको जिन्स पाइन्ट लगाएको, बायाँ हातमा सेतो फलामको बाला लगाएको अवस्थामा घाँटी रेटेर हत्या गरी उत्तानो परेको अवस्थामा शव फेला परेको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…