• काठमाडौं । ललितपुरका एसएसपी रविन्द्र धानुकले झण्डै डेढ वर्ष ललितपुर बसेर नेपाल प्रहरीको अभियानलाई भन्दा आफ्नै धन्दालाई काइदा माने ।

    गोदाबारीको ढुंगाखानी अवैध संचालन गर्न दिएर राम्रै फल खाएको खबर चर्किएरै गयो । त्यो बाहेक पनि उनको उठन्ती पुठन्ती राम्रै रहेको खबर अझै सेलाएको छैन् । अहिले पनि ललितपुरका कतिपय गुण्डाहरुसँग उनको हिमचिम राम्रैसँग रहेको बताइन्छ ।

    एसएसपीले धानुकले मन्त्रीलाई टेर्दैन, सचिवलाई पनि टेर्दैन। आफ्नो खानदानी बानी भएको सम्म भन्न भ्याउने गरेको नजिककाहरुले भन्ने गरेका छन् ।

    त्यसो त हिजोका दिनमा तत्कालिन प्रहरीका हाकिम पिताम्बर अधिकारी, ठूले राई र श्याम राई मिलेर ललितपुरको ढुंगा खानीबाट लुट्नु लुटेको इतिहास छ ।

    अहिले विवादित छवीका उनै धानुकलाई हटाएर अर्का एसएसपी पठाउने तयारी भइरहेको छ । ललितपुरको जिम्मा लिन एसएसपी दिपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी,किरण बज्राचार्य,सन्दीप भण्डारी,गृहसचिव प्रेमकुमार राई निकट एसएसपी टेकप्रसाद राई लगायतको रस्साकस्सी चलेको छ ।

    प्रहरीको बजेटमा बसेर बेरुजु हटाउने अभियानमा लागेबापत थापालाई ललितपुर पठाउने चर्चा प्रहरी हेडक्वाटरमा चलिरहेको छ ।

    त्यसो त एसएसपी टेकप्रसाद राईले एआईजी ठूले राई, गृहसचिव प्रेम राईको मात्र होइन, गृहमन्त्री रामबहादुर थापाको जातीय मोहको बारेमा समेत राम्रै प्रचार गरिरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…