बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेको क्षेत्र ख को वस्तीपुर क्षेत्रीय सम्मेलनले अर्काे वर्षका लागि वालिङ जेसीज स्याङ्जाको आतिथ्यतामा हुने सहमति सहित सम्पन्न भएको छ ।
शनिवार सम्पन्न सम्मेलनले आउँदो वर्षका लागि वालिङमा गर्ने सहमति गरेको थियो ।
भदौ ६ र ७ गते हेटौँडामा सम्पन्न क्षेत्रीय सम्मेलनमा आउँदो वर्षका लागि चन्द्रनिगापुर र वालिङ जेसीजले विट गरेका थिए । वालिङले गरेको आग्रहलाई चन्द्रनिगापुर सिटीले सहर्ष स्वीकार गरी २०२० को सम्मेलन गर्ने अवसर दिएको थियो ।