धुलावारी । इष्ट होराइजन अंग्रेजी आवसीय माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको एकसय दिने प्रथम प्रबचन कार्यक्रम शुरु भएको छ ।
धुलावारीस्थित सोही बिद्यालयको सभाहलमा बुधवार एक कार्यक्रमका बिच प्रबचन उद्घाटन गरिएको हो ।
प्रबचन उद्घाटनको अवसरमा श्रीनाथ गण चारआलीका गणपति मुक्काहाङ याक्थुम्वाले गरेका थिए । उद्घाटन कार्यक्रममा गणपति याक्थुम्वाले ४६ औ ब्याजको प्रबचन मा सहभागी बिद्यार्थीहरुलाई प्रबचने अनुसासित, इमान्दारिता, राष्ट्रियताको भावना जगाउने बताए । ‘प्रबचनबाट नेतृत्व बिकास, विपत व्यवस्थापन, असल तथा अनुसासित नागरिक उत्पादन गर्नेछ’ उनले भने ‘नेपाली सेनाले सामाजिक तत्तरदायित्व अन्र्तगत २०२२ सालबाट स्थापना गरी हालसम्म लाखौं बिद्यार्थीहरुलाई प्रबचन प्रदान गर्दै प्रबचनबाट प्राप्त शीपलाई समाज निर्माणमा सहयोग पुग्नेछ ।’ राष्ट्रलाई विपत र आवश्यकता परेको समयमा बिद्यार्थीहरुले त्यसलाई उपयोग गर्न सक्ने उनको भनाई छ । राष्ट्रका कर्णदार बिद्यार्थीहरुमा भएको जोस जागर र उत्साहलाई सकारात्मक सोचका साथ रचनात्मक कार्यमा लगाउन प्रबचनले प्रेरणा जगाउने बताए ।
‘भौगोलिक वनावट, संस्कृति परम्परालाई समेत महत्वपूर्ण योगदान र ज्ञान हासिल गर्न मद्दत पुग्नेछ ।’ उनले भने । नेपाली सेनाले देशका ७७ वटै जिल्लाका विकट क्षेत्रमा समेत असल नागरिक उत्पादन गर्नका लागि प्रबचन प्रदान गर्दै आएको जानकारी दिए । कार्यक्रममा बिद्यालयका प्रिन्सिपल संजीव राईले बिद्यालयले प्रबचनका लागि १८ छत्रा र १८ छात्र जम्मा ३६ जनालाई तालिममा सहभागी गरेको बताए । यस्तो महत्वपूर्ण सिकाईमा सहभागी हुने बिद्यार्थीहरुलाई यो अवसरलाई इमान्दारीका साथ नियमित सहभागी बनेर असल नागरिकको भुमिका निर्वाह गर्न आव्हान गरे ।प्रबचन कार्यक्रमको संचालन सह सेनानी रमेश कटुवालले गरेका थिए भने जम्दार तिर्थ कार्की प्रशिक्षक, प्रकाश हमाल , अर्जुन कार्की र बिद्यालयबाट शिक्षिका रेखा दाहाल क्षेत्री, समन्वय शिक्षक विमलकुमार साहीले गर्ने छन् । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव पौडेल, प्रशासन प्रमुख सावित्री सापकोटा राईलगायतको उपस्थिति थियो ।