०४ असार,- हिलिहाङ –६ मा मंगलबार हत्या भएकी सुजता तामाङको हत्यामा संलग्न अझै पनि पहिचान भएको छैन । पाँचथरका प्रहरी प्रमुख डि एस पी नरेन्द्र कुँवरका अनुुसार विभिन्न कोणबाट घटनाको विश्लेषण भइरहेका उनले जानकारी दिए । मृतकका शव पाँचथर अस्पतालमा राखिएको छ । मृतकका आफन्त र उनि कार्यरत एनएमबी माईक्रोफाईनान्स शाखाका प्रतिनिधि बिच छलफल भइहेको र पोस्माट को तयारी भइरहेको छ ।
युवति स्थायि ठेगाना इलामको माइजोगमाई गाँउपालिका रहेको छ । उनि केहि समय दखि फाइनानसमा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन । दुइवटा समुहको बैठक सकि कार्यालय तर्फ फर्किदै गरेकोे अवस्थामा उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।