• काठमाडौं – पत्रकारको नाकको हड्डी भाँच्छु भनेर चर्चा बटुलेका सुनसरीको इटहरीका कम्युनिस्ट मेयर द्वारिकालाल चौधरीले ‘र*डी जिन्दावाद’ भनेका छन् ।

    भ्रष्टाचारको विरोध गर्दै कर्मचारीलाई कालोमोसो लगाएकोदेखि पत्रकारसँग विवाद भएको घटनामा चर्चित मेयर चौधरी पछिल्लो समय र*डी जिन्दावाद भनेको काण्डले चर्चित भएका छन् ।

    र*डी जिन्दावाद भन्दै उनले गरेको भाषण सामाजिक सञ्जालमा अहिले चर्चित बनेको छ । इटहरीको लविपुर क्षेत्रमा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका ईटहरीका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक कार्यक्रममै र*डी जिन्दावाद भन्ने शव्दलाई बारम्बार भनेका छन् ।

    कार्यक्रमका सहभागीले लाज मानेपनि मेयर चौधरीले लाज पचाएर र*डी जिन्दावाद लगायत थुप्रै अपाच्य शव्द प्रयोग गरेर भाषण गरे । उनको भाषण सुनेर कार्यक्रमका सहभागीले अप्ठ्यारो महसुस गरेका थिए ।

    मेयरको घरमा वेश्यावृत्ति भनेर केही पत्रकारले दिएको अभिव्यक्ति आलोचनाबाट भाषण शुरू गरेका उनले वेश्यावृत्तिले नराम्रो प्रभाव पारेको बताएका छन् । होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले होटलको बोर्ड नै फ्याँकिदिएको उनले बताए ।

    उनले त्यहाँका होटलमा हुने यौन गतिविधिका कारण त्यहाँको व्यापार चल्ने गरेको बताए । ‘यहाँ रण्डीको कारण कस्मेटिक पसल चल्दोरैछ, घरभाडा पनि चल्दो रैछ, दबाई दोकान पनि चल्दो रैछ,’ उनले थपे, ‘मनोरन्जन गर्न रण्डी चाइया छ । घरभाडा लगाउन रण्डी चाइया छ । कण्डम बेच्न रण्डी चाइया छ । पिल्स बेच्न रण्डी चाइया छ । रण्डी जिन्दावाद !’

    उनले बारम्बार र*डी शब्द उच्चारण गर्दै जिन्दावाद भनेपछि त्यहाँ रहेका महिलाहरूले अप्ठ्यारो मानेका थिए ।

    कार्यक्रममा बोल्दै स्थानीयले प्रहरीको भूमिका प्रभावकारी नभएको गुनासो समेत गरेका थिए । प्रदेश सांसद लिलम बस्नेतले यौन व्यवसायलाई संघीय सरकारले कानून बनाएर वैधता दिनुपर्ने बताएका छन् । मेयर चौधरीले भाषण गरेको भाइरल भिडियो सुनेपछि सर्वसाधारण चकित परेका छन् ।

    https://www.youtube.com/watch?v=kGE54AASgNQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…