असार ४ काठमाडाैँ । उदयपुर बेलटार सडक अन्तर्गत चाैडण्डी गडी खण्डमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बा २ ख ७०९ नम्बरको ट्रिपरले स ४ प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे घटना स्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा प्रसाद पाैडेले चाैडण्डी गडी नगरपालिका ४ घर हुने ३६ वर्षीय खगेन्द्र राई र साेही घर हुने बर्ष ३५ काे जीवन राईकाे घटना स्थलमै मृत्यु बताए ।
दुर्घटना पछि टिपर चालक भने फरार रहेकाे ईप्रका चाैडण्डीले जनाएकाे छ ।