• विराटनगर, ३ जेठ । चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ ।
    मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले ‘ऐना’, ‘उज्यालो खोज्नेहरू’, ‘विम्बहरू जागृत भएपछि’, ‘तिमी हुनुको अर्थ’, ‘कर्मयोद्धा’लगायत विभिन्न शीर्षकका ६ वटा कविता वाचन गरे ।
    प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर लेखिएका कविता प्रस्तुत गर्दा दर्शक–स्रोताको राम्रै ताली पायो । दुई दशकदेखि कविता लेखनमा सक्रिय लुइँटेलको एउटा कवितासंग्रह प्रकाशित छ ।
    कविता वाचनअघि अग्रज साहित्यकार रमाप्रसाद रिजाल र प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंले अविर र खादा लगाएर लुइँटेललाई सम्मान गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका महासचिव उमेश दाहालले विगत ३ वर्षदेखि प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार एकल र सामूहिक सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराए । प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा हालसम्म १ सय ५० सयभन्दा बढी कविले सिर्जना प्रस्तुत गरिसकेको कार्यक्रम संयोजक मीनकुमार नवोदितले बताए । उनका अनुसार वाचन भएको कविता मकालु टेलिभिजनको ‘चेतना प्रवाह’कार्यक्रममा समेत प्रशारण हुँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…