• बिराटचौक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब स्वास्थ्यमन्त्री गगन थापाले माओबादीले हतियार उठाएर गरेको गल्तिको हिसाबकिताब जनतालाई दिनुपर्ने धारणा ब्यत्त गरेका छन ।

    मोरङको सुन्दरहरैचास्थित बिराटचौकस्थित पानस पार्टी प्यालेसमा शुक्रबार नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा उनले २०५२ सालमा माओबादीले युद्ध शुरु गर्दा आफु १९ बर्षको भएको र त्यसयता एउटा सिंगो पुस्ताको भविश्य माओबादीले बर्वाद पारेको उनले आरोप लगाए । माओबादीको युद्ध ले खोई के दियो ,कतिमा छातिमा गोली छन,कति हस्पिटलको बेडमा छन कति आँशुको सागरमा डुबेका छन के यहि हो माओबादीको जनयुद्ध उनले प्रश्न गरेका छन ।

    माओबादीलाई नेपाली काँग्रेसले संसदिय ब्यबस्थामा ल्याएको भन्दै उनले माओबादी एमालेमा बिलय भएको र नेपाली काँग्रेस सँग प्रतिष्पर्धा गर्न मात्र पार्टीको राजनीति गरेको हो भन्दै प्रतिप्रश्न गरेका छन । उनले नेकपालाई यतिबेला शत्तिको उन्माद चढेका बेला सचेत कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गर्न चाहेको भन्दै उनले धन्यवाद मात्र दिएनन । उनले उनीहरुलाइृ भुमिका दिन समेत आग्रह गरे । कार्यक्रममा शेखर कोईराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने पार्टी प्रबेश कार्यक्रम समेत रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…