• नुवाकोट,मंसिर २ । किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले बुधबार साँझ नेपाल विद्यार्थी संघ नुवाकोटका जिल्ला नेतालाई विदुर नगरपालिका वडा नं ४ बट्टारबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्थानीय बादल श्रेष्ठ र रवीन थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको कुँवरले जानकारी दिए । पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ ।

    उनीहरुले गत कार्तिक २१ गते नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी जनाएको छ । कात्तिक २१ गते बुधबार लक्ष्मीपुजाको साँझ देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो ।

    किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनाइएको घरका धनी सुर्खेत भेरीगङ्गा नगरपालिका वडा नं १२ का निर्मल विश्वकर्मा र लिखु गाँउपालिका वडा नं ४ चौघडाका विकास प्याकुरेललाई गत आइतबार नुवाकोट अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका श्रेष्ठ वट्टार क्याम्पस नेविसंघका पुर्व ईकाई अध्यक्ष हुन भने थापा नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रहेका छन । पक्राउ परेकाहरुबाट अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले बताएको छ । नेपाल समाचार पत्रबाट ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…