दोहा
कार्तिक-१४
नेकपा (बिप्लब)निकट नेपाली जनप्रगतिशिल मोर्चा कतारले चार दिने औपचारिक भ्रमणका लागि कतार पुगेकी राष्ट्रपति विद्या देवि भण्डारीलाई कतारमा ज्ञापनपत्र बुझाएको छ।
मोर्चाले कतारमा कार्यरत रहेका नेपाली श्रमिकले भोग्नु परेका दुख पिडा र विभिन्न समस्याहरु बारे ध्यानाकर्षण गराउदै ६ बुदे माग सहितको ज्ञापनपत्र नेपाली दूतावास मार्फत रास्ट्रपतिलाई बुझाएको जानकारी दिएको छ।
ज्ञापनपत्रमा विशेष गरि कतार सरकारले कामदार लाई सहुलियत हुने गरि कम्पनी परिवर्तन गर्न दिएको अनुमतीको दुरुपयोग गर्दै विशेष गरि नेपालीहरुले नै साना तिना कम्पनी खोलेर भिषा व्यापार गरेको र भारतको बाटो प्रयोग गरी नेपाल सरकारको अनुमति बिना महिला कामदार खाडी मुलुक पठाउने र सुरक्षाको कुनै आधार नदिई अलपत्र पार्ने लागायतका समस्याहरु प्रती ध्यानाकर्षण गराइएको छ।
मोर्चाका काव अध्यक्ष शिशिर भण्डारी र महासचिव जयकिशोर पौद्दार द्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा यस्ता बिषय समेटिएका छन।
