• चुलाचुली/ असाेज २० गते, संघिय समाजवादी फाेरम लिम्बूवान प्रदेश समिति चुलाचुली गाउँपालिका समितिकाे अायाेजनामा लिम्बूवानी शहिद राजकुमार अाङदेम्वे "माङताेक" काे १२ अाैं सहिद स्मृति दिवस अाज ससफकाे केन्द्रीय सदस्य तथा लिम्बूवान प्रदेश समितका मुख्य सचिव लाेकसागर साँवाकाे अध्यक्षत्वमा कार्यक्रम सम्पन भएको छ । इलामको चुलाचुली गाउँपालिका वडा नं. २ स्थित चुलाचुली गाउँपालिकाकाे प्राङ्गणमा अायाेजना गरिएको सहिद स्मृति कार्यक्रममा ससफकाे केन्द्रीय महासचिव तथा प्रदेश नं. १ इन्चार्ज रणध्वज कन्दङवाकाे प्रमुख अतिथित्वमा दीपप्रजलन साथै माल्यर्पण गरि सहिद राजकुमार अाङदेम्वेकाे सहिद स्मृति दिवस मनाइएको थियाे ।

    बिशिस्ट अतिथि ससफकाे राजनीतिक समिति सदस्य तथा लिम्बूवान प्रदेश समिति अध्यक्ष खगेन्द्र माखिम, माननीय प्रदेश नं. १ संसाद अारपि तुम्वा, ससफकाे राजनीतिक सदस्य प्रविण चाम्लिङ, ससफकाे केन्द्रीय सदस्य भक्त खेवाङ, हरिदेवि राई, लिम्बूवान प्रदेश समिति सदस्य शरणहाङ जवेगु, भुपेन्द्र याेङहाङ, मन कुमार थुलुङ, लिम्बूवान प्रदेश सचिवलाई केदार धिमाल लगायत दर्जन वक्ताहरूले शहिदले गरेका लिम्बूवान राजनीतिक प्रतिकाे बलिदानमाथि चर्चा गरेका थियाे ।

    लिम्बूवानी शहिद सवैकाे साँझा हुनुपर्छ भन्ने वक्ताहरूकाे अा-अाफ्नै भनाइ संगै उक्त कार्यक्रममा विभिन्न अादिवासी तथा जनजाति संस्थाहरूले लाखे, च्याब्रुङ, साकेला नाच लिम्बूवान तथम पहिचानी गीत संगीत समेत प्रस्तुत गरेका थियाे । अान्दाेलन उक्त कार्यक्रमकाे संचालन ससफकाे केन्द्रीय सदस्य तथा लिम्बूवान प्रदेश सचिव प्रेमदिप थाम्सुहाङले गर्नु भएको थियाे ।


सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…