• काठमाडौ, १९ असोज  । आफ्नो स्वार्थ पुरा नभएपछि २ महिना अघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाम बेचेर प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको राजिनामा मागेपछि पूर्व एमाले र माओवादी केन्द्रका बिद्यार्थीबीच बिवाद उत्पन्न भएको छ ।

    पूर्व एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामा र पूर्व माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले बिहीबार गृह मन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएपछि दुवै संगठनमा असन्तुष्टी छताछुल्ल भएको छ ।

    अखिलका महासचिव ऐन महरले प्रहरी प्रमुखको राजीनामा संगठनको आधिकारीक धारणा नभएको बताउनु भएको छ भने अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले पनि प्रहरी प्रमुखको राजिनामा बेमौसमको बाजाको संज्ञा दिनु भएको छ ।

    कुनै पनि ब्यक्ति वा संगठन प्रमुखको राजिनामा माग्नु अघि संगठनमा छलफल नै नगरी ज्ञापनपत्र बुझाउनु केटाकेटीपन भएको अखिलका महासचिव महरले बताउनु भएको छ ।

    दुवै संगठनबीच एकता भएको घोषणा गरिएपनि दुवै संगठनबाट नेतृत्वमा को जाने भन्ने टुंगो नलागेको र दुवै संगठनका अध्यक्षको हैसियत नै नभएको ब्यक्ति गएर ज्ञापनपत्र बुझाउनु उदेक लाग्दो बिषय भएको एक बिद्यार्थी नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…