• काठमाडौं, १९ असोज । कांग्रेस सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धेरै निकाय गाभेर प्रधानमन्त्री शक्तिशाली बन्न खोजेको भन्दै कार्यालयको प्रगति विवरणबारे चासो व्यक्त गरेका छन् ।

    राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू, अमरेशकुमार सिंह, विनोद चौधरीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामकारबाही तथा प्रधानमन्त्रीकै चर्को आलोचना गरे ।

    ‘धेरै निकायहरू प्रधानमन्त्रीको कार्यालय मातहत राखिएका छन् । नाम मात्रको सतर्कता केन्द्र छ ।

    प्रदेशलाई अधिकार दिइएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजतन्त्रको छाया देखिएको छ,’ सांसद सिंहले भने ।

    पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोमा असन्तुष्टि जनाउँदै कांग्रेसकी मिना पाण्डेले मूल्यवृद्धिमा प्रधानमन्त्रीले समेत ठूलो कमिसन पाउने गरेको आशंका व्यक्त गरिन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…