• झापा,
    क्षितिज नाट्य समुह झापाको छैटौ अधिवेशन तथा १७ औ बार्षिक साधारणसभा बिर्तामोडमा हुने भएको छ । समुहको ९ सदस्य कार्य समितिका लागि १५ सदस्यले उम्मेद्वारी दिएका छन् ।भाद्र ११ गते हुने अधिवेशनका लागि १५ सदस्यले उम्मेद्वारी दर्ता गराएको समुहले सोमवार बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।
    माधव कल्पित, सुजना खतिवडा, मुना प्रसाई, डिल्लीप्रसाद खरेल, सुरेश निरौला, सबिता रेग्मी, माधवप्रसाद सिटौला, भिमा खतिवडा, गजेन्द्र पृथक, हरिप्रसाद भण्डारी, राकेश दर्नाल, सिताराम ढुङ्गेल, मायादेवी सिटौला, ताराकुमार प्रसाई र कुवेरनाथ ढकालले उम्मेद्वारी दिएका छन् । यी मध्येबाट निर्वाच समितिले ९ सदस्य कार्य समिति चयन गर्ने क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पितले पत्रकार भेटघाटमा जानकारी गराए ।
    नाट्य समुहलाई बिर्तामोड–५ का मनोज निरौलाले बिर्तामोड–१ को ३ कठ्ठा जग्गा निःशुल्क प्रदान गरका छन् । सो जग्गा व्यवसायी रंगमञ्चको विकास गर्दै सबै जातजाती तथा भाषाभाषिको सामुहिक अपनत्व कायम हुने गरी बृहत साँस्कृतिक सग्रालय सहितको तीनतले झापा नाटकघर निर्माण गर्ने योजना रहेको अध्यक्ष कल्पितले बताए । समुहको नाट्य अभियानबाट बचत भएको ५ लाख रुपैयाँले खेतीयोग्य २ बिगाहा जमिन ब्याजमरनीमा लिई अर्गा्निक खेती ब्यवसाय सञ्चालन गरिरहेको उनले बताए । समुहको प्रदेश नम्बर १ मा रहेको १८ वटा शाखामा ५ सय ५२ जना सदस्य रहेपनि ४४ जनाले मात्र निर्वाचनमा मतदान गर्न पाउने प्रावधन रहेको उनको भनाई छ । २०५८ सालमा इलाम, झापा र पाँचथरका युवाहरुको सामूहिक भेलाद्धारा फिदिममा संस्थाको स्थापना गरिएको थियो ।
    साथै अधिवेशनमा झापाका ५ जना सञ्चारकर्मीलाई समेत सम्मान गर्ने जनाइएको छ । सम्मानीत हुनेहरुमा सुब्रत न्यौपाने, तुलसी निरौला, सुरेन्द्र भण्डारी, लक्ष्मी काफ्ले, रमेश तिवारी रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…