• बिराटनगर, ७ असार । नेपाली कांग्रेस भित्र दुई दशक अघिदेखि पार्टी सभापति शेरबहादुर देउवा पक्षको ‘खम्वा’ भनेर चिनिएका कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले देउवाकै भूमिका प्रति असन्तुष्टि जनाएका छन् ।

    हेटौडामा जारी जिल्ला सभापतिहरुको भेलालाई संबोधन गर्दै लिम्बुले देउवा नेतृत्वले कांग्रेसलाई शसक्त प्रतिपक्षको भूमिकामा उभ्याउँन नसकेको प्रति असन्तुष्टि जनाए ।

    यसअघि सधै देउवाकै पक्षमा बोल्दै आएका लिम्बुले सभापतिहरुको भेलामा देउवा प्रतिनै असन्तुष्टि जनाएका हुन् । सरकारले जनताको ढाड सेक्नेगरी पटक–पटक पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गर्दासमेत चुप बस्नुले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर देखिएको उनले बताए ।

    ‘सरकारले गरेका गलत काममा खोई हाम्रो खबरदारी ?’ प्रश्न गर्दै लिम्बुले भने ‘प्रतिपक्षको भूमिका कमजोर भएको स्वीकार गर्नैपर्छ ।’ फरक प्रसंगमा उनले निर्धारित समयमै महाधिबेशन गर्न पार्टी नेतृत्वसँग जोडदार माग पनि गरे ।

    अव महाधिवेशन गर्न बिलम्व गर्न नहुँने भन्दै उनले भने ‘चाडै प्रक्रिया सुरु गर्यो भने मात्र निर्धारित समयमा महाधिबेशन हुने भएकाले वडा तहदेखि जिल्ला तहसम्मका कार्यक्रम चाडै घोषणा गरियोस् ।’

    यसअघि बिराटनगरमा भएको प्रदेश नं १ का सभापतिहरुको भेलाले पारित गरेका प्रस्ताव कार्यान्वयन गर्न पनि उनले माग गरे । स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसले लज्जास्पद हार बेहोरेको प्रसंग निकाल्दै लिम्बुले त्यसको जिम्मा पार्टी सभापतिको हैसियतले देउवा, पदाधिकारी र संसदीय बोर्डका पदाधिकारीले लिनुपर्ने बताए ।

    सभापति देउवासहित नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्न नसक्दा कांग्रेसले पराजय भोग्नु परेको उनको ठम्याई छ । संगठन चलायमान बनाउँनुपर्ने आवश्यकता औल्याउँदै लिम्बुले धेरै वडा र गाउँ गाभिएर एउटै बनेकोले, स्थानीय तहदेखी समायोजन गरेर संगठनलाई सक्रिय बनाउँन पार्टी नेतृत्वलाई सुझाव पनि दिए ।

    पूर्वमा देउवा पक्षको दह्रो खम्वा मानिने लिम्बुले देउवा प्रति असन्तुष्टि जनाउँदै कोईराला पक्षलाई समर्थन गरेको स्रोतले जनाएको छ । जनजाति क्षेत्रका अगुवा एवं पूर्वमा कांग्रेसको अग्रणी भूमिकामा रहेका लिम्बु कोईराला क्याम्पमा देखिएपछि देउवा पक्षलाई पूर्वी क्षेत्रमा ठुलो धक्का लाग्ने कांग्रेस स्रोतको दावी छ ।



सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…