• काठमाडौं, २६ वैशाख । ‘बा’ भन्दै बालुवाटारमा थुप्रिनेहरूको हिजोआज विजोग छ । दोस्रोचोटी केपी ओली प्रधानमन्त्री भएर बालुवाटार छिरेलगत्तै अघिल्लो कार्यकालमा ‘बा–बा’ भन्दै झ्याम्मिनेहरूलाई बाटोबाटै विदा गर्न निर्देशन दिइएपछि बालुवाटारमा त्यस्ता मानिसहरूबाट मुक्त भएको हो ।

    ओली बिरामी हुँदा वा एक्लो महसूस गर्दा निकटस्थका बालबच्चासँग रमाउन शौखिन छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

    तर, प्रधानमन्त्री हुँदा त्यस्ता शौख पूरा हुँदैन । बरु हैरान पारेका छन्, ‘बा’ भन्नेहरू । उदाहरणका लागि, भरखरै अखिल अध्यक्ष नवीना लामाले गृहस्थी जीवन शुरु गरिन् र सांसद पनि भइन् । संगठनको अध्यक्षका रुपमा सक्रिय हुन नसक्ने भएपछि आफ्नो जिम्मेवारी कसलाई दिने भन्नेबारेमा सल्लाह गर्न भित्र छिर्न खोजिन्, तर समय पाइनन् ।

    बरु, खबर गयो, ‘अखिलको कार्यवाहक अध्यक्ष मैले बनाउनुपर्ने भए पहिल्यै मै अध्यक्ष हुन्थेँ, किन तपाईलाई बनाउनुपथ्र्यो ?’

    उक्त जिम्मेवारीका लागि उपाधयक्ष सुनिता बरालको दौडधुप राम्रै थियो, तर, ‘मियाँका दौड मस्जिद तक’ भनेजस्तो तीन नम्बर गेटबाट निजी सचिवालयसम्म मात्रै पुग्यो ‘बा’ भन्नेहरूको बथान ।

    ‘बा’बाट लाइन नपाएपछि उपाध्यक्ष रश्मी आचार्य र शैलेश लामाको डिजाइनमा नवीनाले महेश वर्तौलालाई आफ्नो अनुपस्थितिमा संगठन चलाउने जिम्मा दिइन् । यसो गर्दा मर्कामा परे, ऐन महर परे । उनी अर्को पटक अध्यक्ष बनाइने शर्तमा उपाध्यक्षबाट झरेर महासचिव बनाइएका थिए ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …