• काठमाडौँ, चैत २१ गते । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरु गर्नुभएको छ ।

    पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । आजदेखि संवैधानिक इजलास शुरु भएको छ ।

    संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहनुभएको छ । सो इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहने व्यवस्था छ ।

    संवैधानिक इजलाशले संवैधानिक मुद्दाको विषयमा देखिएका समस्यामा बहस हुने गर्छ । सो इजलामा करीब ४०० भन्दा बढी मुद्दा रहेका छन् ।  (रासस) 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…