• काठमाडाैं। प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्द विप्लभलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन्।रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्त नभएको भन्दै विप्लभको कडा आलोचनात्मक कटाक्ष गरे।

    “थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन्। सुतली बम सिद्धान्त हुन्छ। माक्र्सवादमा कहाँ लेखेको छ। नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे। चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस्” ओलीले भने।

    विप्लभ समुहले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोष व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी दिए।

    “यो विप्लव कि के समूह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने? मजाक गर्ने? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु। प्रशसन गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला” ओलीले भने।

    राजनीतिक मजाक नगर्न ओलीले विप्लवलाई चेतावनी दिए। “प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाँही आउनु सातदिनभित्र हाजिर हुन। यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्वभलाई आग्रह गर्छु। अलि बढ्ता भयो” उनले भने।

    स–साना समुहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिदै खाल उठिसकेपछि च्याँखे थापेर केही नुहेन बताए।

    अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको बताए।

    देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताए। “ट्याउट्याउ आवाज आइरहेको छ। कहाँबाट आएको छ यो ?” ओलीले प्रश्न गरे।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…