• काठमाडौँ, चैत १२ गते । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन ९इयु०को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।

    आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको थियो । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।

    उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराउनुभयो ।

    उहाँले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाउनुभयो । तेस्रो दिनको आजको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले धारणा राख्नुभएको थियो ।

    प्रतिनिधिसभाको बैठकका कारण आजको काँग्रेस बैठक स्थगित भई पुनः अपराह्न बस्ने बताइएको छ ।  रासस

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…