• काठमाडौँ । काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक पत्रीका सुशासन साप्ताहिकका पत्रकार मदन भण्डारी र रातोपाटी डटकमका राष्ट्रिय सुरक्षा तथा अपराध बिटमा काम गर्ने संवाददाता राजेश भण्डारीले आफूहरुमाथि महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलले हत्या गर्ने धम्की दिएको आरोप लगाएका छन् ।

     

    आफूहरु सम्वद्ध सञ्चार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर समाचार लेखेको विषयमा आपत्ति जनाउँदै ‘गोलीले उडाइ हत्या गर्ने’धम्की दिएको पत्रकारद्वयले बताए । ३३ किलो सुनकाण्डमा संलग्नताको आरोपमा सुनसरीको धरानमा सनम शाक्यको गत १८ फागुनमा भएको हत्याको समाचारमा आफ्नो नाम जोडेको भन्दै सञ्जेलले आफूहरुमाथि धम्की दिएको बताए । उक्त घटनामा प्रहरी संगठनभित्रैका केही व्यक्तिको संलग्नता रहेको समाचार आएपछि प्रहरी मुख्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) पुष्कलराज रेग्मी नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
    प्रदेश नम्बर–१ को प्रहरीसँग समन्वय नगरी कार्यक्षेत्र नाघेर अपराध महाशाखाबाट गएको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी नेतृत्वको टोलीले धरानको भानुचोकमा बरामद गरेको शाक्यको शव सुनसरी जिल्ला कटाएर मोरङको विराटनगर लगेर सार्वजनिक गरेको थियो ।

    शाक्यको हत्यामा गोरे भनिने चुडामणि उप्रेतीको संलग्नता प्रहरी अनुसन्धानबाट खुलेको र उप्रेती र सञ्जेलबीच मामा भान्जाको नाता रहेको समाचार लेखेपछि आफूहरुमाथि धम्की आएको भण्डारीद्वयको भनाइ छ । गोरे घटनापछि फरार छन् । ‘मलाई अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट सञ्जेलले ‘गोलीले उडाइदिने’ धम्कीपूर्ण खबर पठाएका छन्’, पत्रकार मदन भण्डारीले भने, ‘समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिएको भए हुन्थ्यो, तर, यहाँ गोलीले उडाएर हत्या गर्ने धम्की प्रहरीबाट दिइयो ।’

    रातोपाटीका पत्रकार राजेश भण्डारीले पनि आफूलाई धम्की आएको बताए । ‘मेरो एक निकट मित्रसँग सञ्जेलले राजेश भण्डारीले मेरो बारेमा समाचार लेखेको रहेछ, उसलाई भन्दिुनु मैले भेटें भने गोली ठोक्छु भनेका रहेछन्’, उनले भने ।

    भण्डारीद्वयले सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर आफूहरुमाथि धम्की दिने सई सञ्जेलमाथि कारबाहीको माग र जीवनरक्षाको अपिल गर्दै निवेदन दिने बताएका छन् । यस्तै उनीहरुले जीवनरक्षाका लागि नेपाल पत्रकार महासंघ, पत्रकार सम्वद्ध संघ/संस्था तथा राष्ट्रिय मानवअधिकार आयोगमा समेत अपिल गर्ने जानकारी दिए ।यस्तै दाङको घोराहिमापनी पत्रकारहरुले समाचार लेखेकै भरमा जिप्रका दाङकी एसपी दुर्गा सिंह चन्दले ३ वटा मुद्दा लगाएर फसाउने धम्कि पत्रकार सागर थापा र पत्रकार विष्णुकुमार देवकोटालाई दिएको उनिहरुले आरोप लगाएका छन जस्को रेकर्ड समेत उनिहरुसंग रहेको दाबी गरेका छन । उनिहरुलाई प्रेस काउन्सिलको अधिकारक्षेत्रमा पर्ने विषयमा प्रहरीले नियन्त्रणमा लिएको थियो । यस विषयमा एसपी दुर्गा चन्द बिरुद्द प्रेस काउन्सिल काठमाडौँ केन्द्रिय कार्यालयमा उजुरी दिने तयारी भएको बुझिएको छ ।

    .

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…