मेचीनगर । चारआली जेसीजको आयोजनामा शनिवार चारआली बजार सरसफाइ गरिएको छ ।
समृद्ध मेचीनगर अभियानमा जेसीजको समान सहभागिता भन्ने नाराका साथ बृहत रुपमा बजार सरसफाइ गरिएको थियो ।
आफ्ना नगरलाई सफा राखौँ, नगरलाई स्वच्छ र सफा बनाऔँ, सबैतिर हराभरा बनाऔँ भन्ने नारासहित विभिन्न सामाजिक संघ संस्थाहरुको सहभागितामा सरसफाइ गरिएको जेसीजका वर्ष २०१८ का अध्यक्ष रोहित दाहालले बताए ।अध्यक्ष दाहालका अनुसार सरसफाइ अभियानमा १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।