• काठमाडौं, ११ चैत । नदी जडान योजना सफल पार्न र भारतलाई हरित क्रान्ति गरेर छेलोखेलो पानी पु¥याउनका लागि भारतले कोशी, गण्डकीजस्तै नारायणी बाँध बनाउन नेपालसँग पहल थालेको छ ।

    यता पहल गर्दै, उता काम सुरु गरिसकेको भारतले नेपालको थप डुबान गराउने निश्चित भएको छ । राजनीति र सत्तामा व्यस्त रहेका राजनीतिक पार्टीहरुले भारतीय योजना अझै बुझ्न सकेका छैनन् ।

    नवलपरासी अगाडिको क्षेत्रमा पर्ने सुस्ता गाउँपालिका अन्तर्गतका १० गाउँ डुबाउने, ६०हजार मानिस बिस्थापित हुनेगरी नारायणी बाँध बनाउन सुरु गरेको हो । भारत जाँदैछन् प्रधानमन्त्री यस विषयमा कुरा गर्न सक्लान् ?

    भारतले खुला सिमाना मिचेर अन्तर्राष्ट्रिय कानुन उल्लंघन नगर्न भारतलाई भन्न सके भने उनको कार्यकालको सुरुआत राम्रो हुनेछ । अन्यथा यिनी पनि उही भारतीय तलुवाचाटभन्दा माथि उठ्न सक्नेछैनन् ।

    स्थानीय जनताले सरकार गुहारेका छन्, सरकारले नसुनेपछि सुस्तावासीले भारतलाई समेत खबरदारी गरेका छन् । तर काम रोकिएको छैन ।

    खबरअनुसार सुस्ता गाउँपालिकाअन्तर्गतको नर्सहीस्थित १२ नं. ठोकरको पारी पट्टी बाँध बनाइरहेका हुन् । भारतले बिहार प्रदेशमा पर्ने बाल्मिकी नगरको तिलभठ्ठा जंगलको नारायणी किनारमा तीन सय मिटर थप बाँध निर्माण गरिरहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…