•  देबु बानियाँ । धुलाबारी । नेपाली काङ्ग्रेस   मेचीनगर समितिले आगामी दिनमा पार्टी लाई थप बलियो र सुदृढ बनाएर लैजाने प्रतिबद्धता जनाएको छ ।      शनिबार धुलाबारीमा भएको सङ्घीय संरचना पछिको पार्टीको प्रथम नगर अधिवेशनमा जारी कार्यपत्रमा टोल, गाउँदेखि नगरसम्म पार्टीलाई गतिशील बनाउँदै लैजाने उल्लेख गरिएको छ । पार्टीका नगर सभापति इन्द्र बुढाथोकीले प्रस्तुत गरेको कार्यपत्रमा नगरभित्रका पार्टीका हरेक क्रियाशील सदस्यलाई परिचालन र सक्रिय सुदृढ र बलियो बनाउने उल्लेख गरिएको छ । कार्यपत्रमा अहिलेसम्म भएका जे जति कमी कमजोरीहरु छन्, त्यसलाई आगामी दिनमा हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने उल्लेख गरिएको छ ।

    सभापति बुढाथोकीले आगामी कार्यक्रम समेत प्रस्तुत गरेका थिए । उनले नगर समितिले स्मारिका प्रकाशन गर्ने, युवाहरुलाई खेलकुदमा क्रियाशील गराउन विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्ने, अग्रजहरुको सम्मानका लागि विशेष कार्यक्रम ल्याउने, नगरका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, पार्टीमा निरन्तर काम गरेका कार्यकर्ताको मूल्याङ्कन गरी उनीहरुलाई प्रोत्साहनका लागि थप योजना अघि सार्नेलगायत रहेका छन् । नगर अधिवेशन भएको २५ महिनापछि भएको पहिलो नगर सम्मेलन हो ।

    नगर सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्व तथा पार्टीका जिल्ला सभापति उद्धव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष राम कट्टेल, जिल्ला कोषाध्यक्ष तथा नगर सम्मेलन प्रतिनिधि केशवराज पाण्डे, जिल्ला सचिव प्रेम सम्वाहाम्फे, जिल्ला सदस्य पुष्पराज पौडेल, मेचीनगरका प्रमुख विमल आचार्य, महासमिति सदस्य तारावीर कटुवाल, महाधिवेशन प्रतिनिधि भरत सुब्बा, तरुण दलका जिल्ला अध्यक्ष गोपाल तामाङ, क्षेत्रीय सभापति मणिकुमार उप्रेतीलगायतले बोलेका थिए ।

    नगर उपसभापति सुरेन्द्र बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हस्त आङ्देम्बेले गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…