• काठमाडौं , १० चैत । नेपाल कम्युनिस्ट पार्टीले भोलि चैत ११ गते कोशी ब्युरो (साविक कोशी अञ्चल) बन्दको अाह्वान गरेको छ ।

    प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै उसले कोशी ब्युरो अन्तर्गतका सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । हालै प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई बैठक स्थलबाटै गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

    त्यसैगरी सुनसरीबाट प्रहरीले ५ कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको अायोजना गरेको नेकपाले कोशी ब्यूरोले सहयोगको लागि सबैसँग अाग्रह गरेको छ ।

     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…