• काठमाडौं,१० चैत ।  प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित पराजय व्यहोरेपछि गुट उपगुट अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा नेपाली कांग्रेसमा निर्वाचनपछि झन गुट उपगुट बढेका छन् ।

    नेताहरु निर्वाचनमा पराजयको मुख्य कारण गुटबन्दी बताएपनि आफुहरु भने दिनहुँजसो गुटगत भेला र छलफल गरिरहेका छन् ।

    शुक्रबार मात्र कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुबीच झण्डै हात हालाहालको स्थिति देखियो । जसका कारण प्रष्टै हुन्छ कांग्रेस गुटले ग्रस्त छ ।

    यतिसम्म कि गुट उपगुट अन्त्य गर्ने भन्दै अभियान चलाएका नेताहरु पनि आफ्नो गुटका बैठकमा व्यस्त छन् ।

    चुनावपछि पार्टी शुद्धीकरण गर्नुपर्ने आवाज उठाएका युवा नेताहरु पनि गुटमै रमाइरहेका छन् । नौ चैतमा आव्हान भएको पार्टी केन्द्रीय समिति बैठक नजिकिँदै गर्दा गुटगत भेला बाक्लिएका छन् ।

    तर कांग्रेस नेताहरु भने प्रजातन्त्रको वकालत गर्दै आएको कांग्रेसमा त्यस्तो हुनु कुनै नौलो अभ्यास नरहेको बताउँछन । प्रवक्ता विश्वप्रकाश शर्माको भनाई पनि त्यस्तै छ । गुटगत छलफल र भेटघाटले पार्टीलाई अगाडि बढाउन झनै उर्जा प्रदान गर्ने शर्माले बताए ।

    सत्तापक्षलाई दबाब दिन एकजुट भएर अगाडि बढ्नुपर्नेमा अन्तरविरोधमै समय खेर फाल्दा पार्टी झनै भताभुङ्ग हुनेमा कांग्रेस नेताहरु चिन्ता गरिरहेका छन् । महाधिवेशन भएको दुई वर्ष बितिसक्दा समेत पार्टी सभापतिले पदाधिकारी नियुक्त नगर्दा पनि चुनावमा पार्टी पराजित हुन पुगेको कार्यकर्ताहरुको भनाई छ ।

    केन्द्रिय समिति बैठकमा कस्ता मुद्दा उठाउने र कस्ता विषय उठाउने भन्दै गुटगत बैठकहरु भइरहेका हुन । पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्षमा  छन ।

    तर, नेता रामचन्द्र पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पनि पदाधिकारी थप्न असहमति राख्दै आएका छन् । बैठक आज पनि चलेको छ । बैठकमा नेताहरुले आआफ्नो भनाई राखेकाछन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…