• उर्लाबारी, मोरङ, चैत १० गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले नयाँ विषय समावेश गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

    आज उर्लाबारी बहुमुखी क्याम्पसको १८औँ क्याम्पससभा तथा ३०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सामुदायिक क्याम्पसले भौतिक पूर्वाधार तथा शैक्षिक र आर्थिक सुधार गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    हाल प्रदेश सरकार कानून निर्माण गर्ने चरणमा रहेको बताउनुहुँदै मुख्यमन्त्री राईले त्यसपछि नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर अघि बढ्ने बताउनुभयो । प्रदेश नं १ पर्यटन, कृषि, धार्मिक, व्यापारलगायत सबै क्षेत्रमा अब्बल रहेको बताउँदै मुख्यमन्त्री राईले अब योजनाबद्ध रुपमा नयाँ पूर्वाधार खडा गरेर नमूना प्रदेश बनाउने उद्घोष गर्नुभयो ।

    मुख्यमन्त्री राईले जनताले चाहेको समृद्धिको चाहना अब पूरा गर्नुको विकल्प नरहेको बताउनुहुँदै तीनवटै तहका सरकारबीच सहकार्य गरेर समृद्धि र विकासको बाटोमा अघि बढ्नुपर्छ भन्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने मानबहादुर फागो, गंगाप्रसाद बाँस्तोला, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, जीवनाथ लुइँटेल, शिवप्रसाद ढकाल र तेजेन्द्र दुलाललाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…