• काठमाडौं, २७ फागुन । नेपाल आईडल बुद्ध लामाले पुरस्कार बापत कार र २० लाख नगद पाए । नगद पनि २५ प्रतिशत कटाएर १५ लाख दिने भनियो तर अहिले सम्म पूरा पैसा आएको छैन ।एपी वानले दिएको पाँच लाखको चेक लिएर बुद्ध लामा बैंक जाँदा खातामा पैसा नभएको थाहा भयो । चेक हेर्दै बैंकका कर्मचारी हाँसे, बुद्ध मुख छोपेर निरास हुँदै घर आएको उनका बुबा स्वयंले कुराकानीको क्रममा बताए ।कार्यक्रम सकिएको लामो समय हुँदा पनि उनले पुरस्कार बापतको पैसा पाएनन् । अझ कार पनि आफ्नो नाममा पाएका छैनन् ।अझ उनलाई ८ लाख (आकस्मीक कर लाभ कार) बुझाएपछि उनको नाममा हुने एपी वानले बताएको छ । ८ लाख कसरी तिर्ने भन्ने समस्यामा उनको परिवारमा छ ।पुरस्कारको पुरा रकम पनि पाएको छैन, अझ ८ लाख उल्टो माग्छ भन्दै बुद्धका बाबुले अहिले मन खुसी नरहेको अभिव्यक्ति दिए । बाउन्स चेकले बैंकमा लाजमर्दो बनाएको स्मरण गर्दै एपी वान जस्तो संस्थाले यसो नगरेको भए राम्रो हुने बताए । 

सम्वन्धित समाचार

‘काफल गेडी कुटुक्कै खाउला घुटुक्कै..., यो चर्चित गीतका गायक महेश बुढाथोकीको ’रामसाईली...&r…

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…