•  काठमाडौं, २४ फागुन । राष्ट्रपतिको विषयमा छलफल हुँदा अध्यक्ष केपी ओलीले झलनाथ खनाल, माधवकुमार नेपाललाई बोल्नै नदिएर सिधै निर्णय सुनाइदिए, राष्ट्रपति र उपराष्ट्रपति दुबैको निरन्तरता हुन्छ ।

    राष्ट्रपतिमा एमाले नेतृ विद्या भण्डारी छिन् भने उपरराष्ट्रपतिमा माओवादी केन्द्रका नन्दबहादुर पुन ।

    राष्ट्रपतिको निर्णय गर्न बसेको स्थायी समितिको बैठकमा योगेश भट्टराई र अष्टलक्ष्मी शाक्यले नयाँले पनि मौका पाउनुपर्ने कुरा राखेर नोट अफ डिसेन्ट पनि लेखे ।

    तर ओलीले फाइनल डिसिसन दिएपछि सबै मरीच चाउरिए झैं चाउरिए । बाहिर निस्केपछि बरिष्ठ नेताहरुको प्रतिक्रिया थियो– एमालेभित्र कोतपर्व भयो, श्री ३ जन्मियो । एमालेका श्री ३ केपी ओली हुन् ।

    राष्ट्रपति र प्रधानमन्त्रीको गुटले अरुलाई पेलेर लैजान्छ, एकलौटी गरिरहेको छ, हेर्दै जानुपर्छ अरु के के हुने हो ।

    ओली निकै चलाख नेता, उनले झलनाथलाई समेत यसरी सम्झाए– अरु निर्णय सल्लाहबाट गरौंला, राष्ट्रपतिलाई निरन्तरता दिउँ । सक्किगो नि ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …