• काठमाडौँ । नेपाली काँग्रेसबाट लक्ष्मी राईले राष्ट्रपतिको उम्मेद्वारी दर्ता गराएकी छन्। राईले आज निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्।

    काँग्रेकी राईले दिपक लिम्बु, चित्रलेखा यादव, पार्वती डीसी चौधरी सुरेन्द्र पाण्डेलगातको प्रस्तापक र मखलाल श्रेष्ठ, सुजता परीयार, राधा घलेको समर्थनमा उम्मेद्वारी दर्ता गराएकी हुन्।

    एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय गरेपछि काँग्रेसले आजै उनी विरुद्ध राईलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने घोषणा गरेको थियो।

    यसअघि कांग्रेसमा मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेद्वार बनाउने चर्चा भएपनि एमालेले भण्डारीलाई नै निरन्तरता दिने भएपछि कांग्रेसले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। लक्ष्मी राई सहिद देवानसिंह राईकी छोरी हुन्। उनी भोजपुरकी हुन्। वर्तमान राष्ट्रपति भण्डारीको गृहजिल्ला पनि भोजपुर नै हो।

    नयाँ राष्ट्रपतिका लागि आज उम्मेद्वारी दर्ता र फागुन २९ गते निर्वाचन तोकिएको छ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…