• २० फागुन पथरीशनिश्चरे, मोरंग

    सरस्वती माबि रतुवामाइ ८ मा मावि स्तरिय अनेरास्ववियु कमिटि घोषणा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य भाष्कर खनालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा नं. ८ मा रहेको सरस्वती मावि र वडा नं. १० मा रहेको महेन्द्र माविको गरी २ वटै कमिटिको घोषणा एकै स्थानमा गरिएको हो ।


    सरस्वति माविमा अध्यक्ष कुमार नेपाली, उपाध्यक्ष मनिका गौतम, सचिव सुजन विष्ट, सह सचिव बाबुराम बस्नेत, कोषाध्यक्ष बिजय बोहोरा लगाएत ११ सदस्यीय कमिटि बनेको छ ।
    यस्तै, महेन्द्र माविका लागि अध्यक्ष अमित राई, उपाध्यक्ष सुस्मा दास, सचिव जीवन मंग्राती, सह–सचिव अनुसा पौडेल, जमुना रसाइली लगाएत ४७ सदस्य कमिटि बनेको सरस्वती मा.विका अनेरास्ववियु कमिटि अध्यक्ष कुमार नेपालीले जानकारी दिएका छन् ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्वबियु) को औपचारिक कमिटी घोषणा तथा १ दिने प्रशिक्षण कार्यक्रममा भाष्कर खनालका साथै निवर्तमान सांसद तथा एमाले मोरङ जिल्ला कमिटि सचिव ऋषिकेश पोख्रेल, माओवादी केन्द्र पोलिटव्युरो सदस्य गणेश उप्रेती, नगर उप–प्रमुख दमयन्ता चुडाल, केन्द्रिय महिला लेखा सदस्य मालती सुब्बा, जिल्ला कमिटि अध्यक्ष गोकर्ण घिमिरे, पूर्वाञ्चल विश्वविद्यालय अनेरास्ववियु इन्चार्ज तथा जिल्ला कमिटि सदस्य भूषण पोमू, उर्लाबारी बहुमुखी क्यम्पसका स्ववियु अध्यक्ष गणेश घिमिरे, सचिव सुनिल धिमाल लगाएत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
    १ दिने प्रशिक्षण कार्यक्रममा भास्कर खनाल, ऋषिकेश पोख्रेल, गोकर्ण घिमिरे, भूषण पोमू, गणेश घिमिरे लगायतले प्रशिक्षण गरेका सरस्वती मा.विका कमिटि अध्यक्ष नेपालीले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…