• महोत्तरी, ९ मंसिर

    मधेस प्रदेशको इतिहासमा सबैभन्दा बढी मन्त्री बन्ने कीर्तिमान बनाएका लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीलाई जनताले आठाैंपटक अनुमोदन गरेका छन् । महोत्तरी २ बाट चुनावी प्रतिस्पर्धामा होमिएका भण्डारी २५ हजार १९० मत ल्याएर विजयी भएका हुन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी तमलोपाका विजयकुमार सिंहलाई पराजित गरे । सिंहले ११ हजार १२० मत ल्याए । १४ हजार ७० को फराकिलो मतान्तरले सिंहलाई पछाडि पार्दै  भण्डारीले पुन: संसद् यात्रा तय गरेका हुन् ।

    २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका भण्डारी २०३८ सालमा राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक विजयी भएका थिए । २०३८ सालदेखि हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका भण्डारी २०७४ सालसम्म आइपुग्दा तीनपटक पराजित भए भने पाँचपटक विजयी बने ।

    राष्ट्रिय पञ्चायत निर्वाचन २०३८ र २०४३ बाहेक उनी हरेकपटक फरक पार्टी परिवर्तन गरेर निर्वाचन लडेको देखिन्छ । चतुर नेताको पहिचान बनाएका भण्डारी २०५१ सालको आमनिर्वाचनमा स्वतन्त्र भएरसमेत विजयी भएका थिए ।

    आफू सत्तामा पुग्न जुनसुकै पार्टीलाई प्रयोग गर्न पछि नपर्ने नेता भण्डारीले अहिलेसम्म ६ वटा दललाई प्रयोग गरेर सत्तामा पुगेका छन् ।उप्रधानमन्त्रीसमेत बनिसकेका भण्डारी विभिन्न मन्त्री र राज्यमन्त्री गरी १५औं पटकसम्म सरकारमा सामेल भएका छन् । २०७४ मा तत्कालीन राजपाबाट निकटतम प्रतिद्वन्द्वीलाई झन्डै दोब्बर मत अर्थात् ३० हजार ७ सय २२ मत ल्याएर उनी विजयी भएका थिए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…