•  अर्घाखाँची, ८ मंसिर

    अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता टोप बहादुर रायमाझी निर्वाचित भएका छन् । राति अवेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

    रायमाझी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन भने राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरे ।

    एमालेका केन्द्रीय सचिव समेत रहेमा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । प्रतिनिघि सभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ ।
     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…